एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ

३ हप्ता अगाडी न्युज डेस्क

एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ

लहान । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ३२०९ नम्बरको ट्रकलाई लहान–१, ट्रफिक चोकबाट एक हजार १५ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित ट्रकका चालक  संखुवासभा, धर्मदेवी नगरपालिका–९, छिपिधाराका २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?