८ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।
त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो ।
निर्जीवन बीमा २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.४०, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल तथा पर्यटन २.२४, हाइड्रोपावर ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, माइक्रोफाइनान्स १.९३, अन्य १.६८ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
श्रीनगर एग्रिटेकको आजैदेखि कारोबार सुरु भएको हो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८.२६, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८.०१, जोशी हाइड्रोपावरको ७.६३ तथा सन नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ७.०२ प्रतिशत बढ्यो ।
माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै ४.४४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छन् ।



