मुख्यमन्त्री नियुक्तिबारे फैसला आज आउने

२ हप्ता अगाडी न्युज डेस्क

मुख्यमन्त्री नियुक्तिबारे फैसला आज आउने

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध परेको रिट हेर्दा हेर्दैमा परेको छ भने शुक्रबार पनि सर्वोच्च अदालतमा बहसपछि फैसला आउने सम्भावना रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधिशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा भएको सुनुवाइको क्रममा दुबै पक्षको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो ।

मधेश प्रदेश सभाका सात दलीय गठबन्धनले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि मंसिर ३ गते सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाइ आवश्यक कागजात झिकाएर मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश दिएको थियो । तर बिहीबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा परेको छ ।

मुद्दाको सुनुवाई शुक्रबार दिउँसो ३ बजेसम्ममा कानुन व्यवसायीले आ– आफ्नो बहस सक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ । सोही अनुसार फैसला आउने सम्भावना रहेको जनाइएको छ ।

सात दलीय गठबन्धनका ७४ जना सांसदले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?