एनपिएल :आज चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

२ हप्ता अगाडी न्युज डेस्क

एनपिएल :आज चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ।

पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्ने छन् भने दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससँग खेल्दैछ।

काठमान्डु गोर्खाजले आज प्रतियोगिताको पाँचौं खेल खेल्दै छ। चितवन राइनोजको भने आजको खेल तेस्रो हुनेछ।

दुवै टोलीले दुई-दुई खेल जितेको छ।

चितवनले एक खेलमा पराजय भोग्दा काठमाडौंले दुई खेलमा हार ब्यहोरेको छ।

चितवनले  पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा उसले विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो।

काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो। चौथो खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो।

विराटनगरले पनि आज प्रतियोगिताको पाँचौं खेल खेल्दैछ। उसले अघिल्लो ४ खेलमध्ये तीन खेलमा विजयी हुँदै ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम राखेको छ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले, तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।

चौथो खेलमा विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो।

अंक तालिकाको पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ। तीनमध्ये एक खेलमात्रै जितेको कर्णालीको २ अंक छ।

कर्णालीले पहिलो खेलमा चितवन राइनोजससँग ४ विकेटले पराजय ब्यहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?