रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस रोगविरुद्धको भ्याक्सिन लगाइएको छ। चन्द्रपुर हस्पिटलका संस्थापक डाक्टर सुभाष चौधरीको पहलमा शुक्रवार बिहान एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको सरसफाइ विभागमा कार्यरत ३२ जना लाई निःशुल्क भ्याक्सिन लगाइएको हो ।
रोग विरुद्धको खोप लगाइएपछि सुरक्षित, प्रभावकारी र दीर्घकालीन सुरक्षा प्रदान गर्ने डाक्टर चौधरीले बताएका छन्।
उक्त अवसरमा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्ले, डाक्टर सुभाष चौधरी, डाक्टर सुजन शर्मा, डाक्टर अमित चौधरी, डाक्टर दीपक साह, लगायत नगरका कर्मचारी तथा स्थानीय भद्र भलादमीको सहभागिता रहेको थियो।
विश्वभर ३२ करोड ५० लाख व्यक्ति हेपाटाइटिस रोग बाट ग्रसित छन् भने १० जना मध्ये ९ जना यो रोगबाट अनभिज्ञ रहेको डाक्टर सुभाष चौधरीले सम्बोधनको क्रममा बताएका छन् ।



