काठमान्डुविरूद्ध टस जितेको चितवनको टोलीमा एक खेलाडी परिवर्तन

२ हप्ता अगाडी न्युज डेस्क

काठमान्डुविरूद्ध टस जितेको चितवनको टोलीमा एक खेलाडी परिवर्तन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ।

टस जितेको चितवनले काठमान्डुविरूद्ध फिल्डिङ रोजेको छ। दुवै टोलीले अहिलेसम्म दुई दुई खेलमा निकालेका छन्। चितवनले तीन खेल खेल्दा काठमान्डुले भने चार खेल खेलिसकेको छ।

चितवनले आजको खेलमा एक परिवर्तन गरेको छ। रिजन ढकाल आज टोलीमा फर्किएका छन्। आज अमरसिंह रौटेला टोलीमा छैनन्।

चितवन राइनोज
कुशल मल्ल (कप्तान), रन्जित कुमार, देव खनाल, अर्जुन साउद (विकेटकिपर), रिजन ढकाल, दीपक बोहरा, कमलसिंह ऐरी, डबिड मलान, रवी बोपरा, सइफ जइब, सोहेल तन्विर।

काठमान्डु गोर्खाज
करण केसी (कप्तान), शहाब अलाम, दिपेश कडँले, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, गेरार्ल्ड इरासमस, जोन सिमसन।

11b704cf-b1e9-4c40-bc01-278f548f2c33-1764309336.jpg

4038f9be-84da-4e7b-9122-02d7d2355b0e-1764309336.jpg

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?