आज सम्पूर्ण औषधि तालमेल गर्ने पसल बन्द

२ हप्ता अगाडी न्युज डेस्क

आज सम्पूर्ण औषधि तालमेल गर्ने पसल बन्द

हेटौडाको दुई औषधि पसलमा औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले सिलबन्दी गरेपछि औषधि व्यवसायीहरु आन्दोनलनमा उत्रेका छन । राष्ट्रिय व्यवसाय संरक्षण समितिको संघर्ष समितिले आइतवार औषधि पसल बन्द गरी विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।

समितिले सामाजिक सञ्जालमा एक सूचना सार्वजनिक गरी आइतवार बिहान ११ बजे देखि १२ बजेसम्म आ–आफ्नो औषधी पसल (फार्मेसी) बन्द गरी औषधी व्यवस्था बिभागको प्राङ्गणमा उपस्थित सबै औषधि व्यवसायीलाई अपिल गरेको छ । विरोध कार्यक्रम अन्तर्गत औषधीको आयात, थोक र खुद्रा सम्पूर्ण व्यवसाय बन्द रहने सूचनामा जनाएको छ ।

संघर्षसमितिले मंसिर १२ गतेदेखि नै विरोध कार्यक्रम सार्वजनिक गरेको हो । सो कार्यक्रम अन्तर्गत नेपाल औषधि व्यवसायी संघ धनुषाले समेत औषधि व्यवस्था विभागको प्रांगणमा बिहान ११ बजेदेखि २ बजेसम्म मौन धर्ना र कार्यस्थलमा ११ बजेदेखि १२ बजेसम्म सांकेतिक धर्ना दिने कार्यक्रम तय गरेको छ ।

यो संगै मंसिर १५ गते विभागको प्रांगणमा बिहान ११ बजेदेखि दिउंसो ३ बजेसम्म र कार्यस्थलमा एक बजेसम्म र मंसिर १६ गते बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म विभागको प्रांगणमा र कार्यस्थलमा २ बजेसम्म धर्ना कार्यक्रम गर्ने विरोधको कार्यक्रम तय गरेका छन् । मंगलवार इजाजत बिनाको औषधि बिक्री वितरण गरेको आरोपमा हेटौंडाका दुई औषधि पसलमा विभागले सिलबन्दी गरेपछि औषधि व्यवसायीहरु आन्दोलनमा उत्रेको हो ।

अनुगमनको क्रममा शाखाले हेटौंडा ८ स्थित अग्रिम हेल्थ केयर र हेटौंडा ४ स्थित बिके हेल्थ क्लिनिकमा बिना इजाजत नै विभिन्न कम्पनीका औषधि बिक्री गरिएको पाइएपछि सिलबन्दी गरिएको शाखा प्रमुख शम्भूप्रसाद साहले बताएका थिए । शाखा प्रमुख साहले मंगलबार मकवानपुरका १९ र बुधबार सिन्धुली जिल्लाका १४ गरी कूल ३३ औषधि पसल अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा औषधि पसलहरु दर्ता भए/नभएको, फर्मासिस्ट वा व्यवसायी आफै पसलमा बस्ने गरेको/नगरेको, लागुऔषध तथा मनोद्विपकको तथ्यांक राखेर बिक्री गरे/नगरेको, औषधि व्यवस्था विभागमा दर्ता नरहेको औषधि सञ्चय गरे/नगरेको आदि जानकारीलाई लक्षित गरिएको शाखा प्रमुख शाहले बताए ।

कार्यालयका निरीक्षकद्वय रजिना श्रेष्ठ र मुकेशकुमार राउतको टोलीले अनुगमन गरेको थियो । सिन्धुलीका औषधि पसलमा भने कुनै कैफियत भेटिएको थिएन । मकवानपुरमा अनुगमनको क्रममा चार औषधि पसलमा फर्मासिस्ट नबसेको पाइएपछि ती पसल तत्कालै बन्द गरी उनीहरुलाई स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको साहले बताए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?