हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परे पनि आगामी ३ दिनसम्म देशभर कतै वर्षा तथा हिमपातको सम्भावना भने देखिएको छैन।
यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:
मंसिर १४ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदली रहने छ।
राति : देशभर आंशिक बदली रहने छ।
मंसिर १५ गते (सोमबार)
दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : कोसी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
मंसिर १६ गते (मंगलबार)
दिउँसो : देशभर मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।