बालेनका बुवालाई थियो मधुमेह र पिसाब संक्रमण, बेहोसीमै लगिएको थियो अस्पताल

२ हप्ता अगाडी न्युज डेस्क

बालेनका बुवालाई थियो मधुमेह र पिसाब संक्रमण, बेहोसीमै लगिएको थियो अस्पताल

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो ।

उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।

एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक हप्तादेखि नै बिरामी थिए । उनलाई मधुमेह र पिसाब संक्रमणले बिरामी थिए ।

पिसाब संक्रमण उनको शरीरभरि फैलिएको ती चिकित्सकले जानकारी दिए ।

‘एक हप्तादेखि बिरामी हुनुहुन्थ्यो । मधुमेह र पिसाबको संक्रमण थियो । बेहोसीमै अस्पताल आउनुभएको थियो,’ ती चिकित्सकले अनलाइनखबरसँग भने ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले शाहसहित भेन्टिलेटरमा भएका अन्य बिरामीसँग पनि भेट गरेको स्रोतले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?