मधेसमा सात दलीय गठबन्धनको तयारी के छ ?

२ हप्ता अगाडी न्युज डेस्क

मधेसमा सात दलीय गठबन्धनको तयारी के छ ?

जनकपुरधाम । सर्वोच्चको परमादेशपछि आज मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने देखिएपछि मधेसमा नयाँ सरकार गठनको गृहकार्य समेत चलिरहेको छ ।

एमालेविरुद्ध एक भएका ७ दलीय गठबन्धन भित्र पनि  मुख्यमन्त्री कसलाई बनाउने विषयमा विवाद कायमै छ । लोसपाले जितेन्द्र सोनललाई नै मुख्यमन्त्री बनाउने अडान लिएपनि उनीप्रति अन्य दलहरू सकारात्मक देखिएका छैनन् ।

नेपाली कांग्रेस भने पार्टीका संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडानमा छ । यो प्रस्तावमा जसपा नेपालको पनि साथ रहेको कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए । श्रोतका अनुसार जसपा नेपालले सभामुख लिने शर्तमा कांग्रेसलाई मुख्यमन्त्रीमा सहयोग गर्न लागेको हो ।

लोसपाका संसदीय दलका नेता जयनुल राइनले भने सोनललाई नै मुख्यमन्त्री बनाउनुपर्ने अडान दोहराएका छन् । यसअघि ७ दल भित्र जितेन्द्र सोनललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने सहमति भएको उनको दाबी छ ।

यद्यपि सात दलीय गठबन्धनका नेताहरुले आ आफ्नो दाबी प्रस्तुत गरे पनि सहमतिमै मुख्यमन्त्रीको उम्मेदवार तय गरिने बताउँदै आएका छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?