अझै सुरु हुन सकेन मधेस प्रदेशसभा बैठक, सुरक्षा व्यवस्था कडा पारियो

२ हप्ता अगाडी न्युज डेस्क

अझै सुरु हुन सकेन मधेस प्रदेशसभा बैठक, सुरक्षा व्यवस्था कडा पारियो

जनकपुर । बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन ।  मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।

प्रदेशसभा बैठक सुरु हुन ढिलाइ भएपछि सांसद्हरु संसद् परिसरमा जुटेका छन् । प्रदेशसभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए । यद्यपि उनको पक्षमा बहुमत सांसद नभएकोले राजीनामा दिने अड्कालबाजी गरिएको थियो ।
मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?