जनकपुर । बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए ।



