पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
यस्तै तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ नगद माग गरेको हो।
यसअघि विशेष अदालतले प्राधिकरणका महानिर्देशक अधिकारीलाई भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भने पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि उनी हाल डिल्लीबजार कारागारमा छन्।



