गोपाल सेवा समितिको ३४औँ साधारण सभा सम्पन्न

३ दिन अगाडी न्युज डेस्क

गोपाल सेवा समितिको ३४औँ साधारण सभा सम्पन्न

गोपाल सेवा समितिको ३४औँ वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

बिहीवार जनकपुरधाममा सम्पन्न सो साधारणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि विनाविभागीय मन्त्री जङ्गीलाल राय यादवले यादव जातिहरुले एकजुट भई गोपाल सेवा समितिलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

केन्द्रीय अध्यक्ष बजरंग यादवको अध्यक्षतामा भएको वार्षिक उत्सव तथा साधारणसभामा मन्त्री यादवले यदुवंशीको इतिहास सम्झाउँदै भगवान श्रीकृष्णबाट प्रेरित भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताएका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष यादवले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै देशका २२ जिल्लामा गोपाल सेवा समिति सक्रिय रहेको बताए ।

संस्थाको विगतका गतिविधि, उपलब्धि तथा भविष्यका योजनामाथि गहन छलफल गर्दै संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण सन्देश दिएको अध्यक्ष यादवले बताए । केन्द्रीय महिला उपाध्यक्ष सबिता यादवले स्वागत मन्तव्य राखेकी कार्यक्रममा गोपाल सेवा समितिका पूर्व अध्यक्ष कारी यादव सुमन लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?