राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको महेन्द्रनगरस्थित वडा नम्बर ६ मा नयाँ वडा कमिटी गठन गरेको छ।
नगर सभापति श्याम नारायण यादव को अध्यक्षता तथा जिल्ला उप-सभापति नरेन्द्र कार्की को प्रमुख आतिथ्यमा बिहिवार सखुवा बजारमा सम्पन्न कार्यक्रमले नयाँ वडा कमिटीको टुङ्गो लगाएको हो।
आज गठन गरिएको नयाँ कमिटीमा उप सभापतिमा रामपुकार साह रौनियार रहेका छन् भने इन्दल कुमार राय कुर्मी सचिव र अमिसा नेवा खड्गी कोषाध्यक्षमा चयन भएका छन् ।
कार्यक्रममा उल्लेखनीय संख्यामा अन्य पार्टीका कार्यकर्ता तथा स्थानीय व्यक्तित्वहरू समेत रास्वपामा प्रवेश गरेका छन्।
पार्टीले आगामी दिनमा महेन्द्रनगर वडा नम्बर ६ मा आफ्नो सांगठनिक आधार थप मजबुत बनाउँदै जाने जनाएको छ।
रास्वपाले हाल विभिन्न वडामा आफ्नो सदस्यता विस्तार लाई तीव्र पारेको छ।



