सत्तागठबन्धनको बैठक आज पनि बस्ने

२३ घन्टा अगाडी न्युज डेस्क

सत्तागठबन्धनको बैठक आज पनि बस्ने

मुख्यमन्त्री कृष्णप्रसाद यादव बनेपछि पहिलो पटक औचारिक रुपमा सत्ता गबठन्धनको बैठक बसेको छ ।

पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकबाट एजेण्डा तय गर्दै पुनः शनिबार बैठक बस्ने भएको छ ।

जनकपुरधाममा शुक्रबार बसेको बैठकमा पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव जिल्लाबाहिर भएकाले बैठकले एजेण्डा तय गर्दै शनिबार पुनः बैठक बस्ने गरी स्थगित भएको एक नेताले जानकारी दिए । मधेश भवनमा बोलाइएको बैठकमा विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागवण्डा र रिक्त सभामुख पदबारे छलफल गर्ने निर्णय भएको जनाइएको छ ।

सात दलीय गठबन्धनको समर्थनमा मंसिर १९ मा मुख्यमन्त्री बनेका यादवले २१ मंसिरमा शपथ लिएसंगै नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेशप्रसाद यादव र एकीकृत समाजवादीका कनिष पटेललाई मन्त्री नियुक्त गरेका थिए । तर, मन्त्रालयको भागवण्डा नटुंगिदा उनीहरु जिम्मेवारीविहीन छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?