मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउने तिथि मितिको औपचारिक घोषणा अन्योलमा नै छ ।
पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकबाट एजेण्डा तय गरिए पनि नेकपा एमालेको महाधिवेशनपछि विश्वासको मत लिनु अघि पुनः बैठक बस्ने भएको छ ।
बैठकका लागि एजेण्डा तय पनि मधेश भवनमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको गृहप्रवेश गर्ने कार्यक्रम शुक्रबार रहेपछि शनिबार भनिएको बैठक बस्न सकेन । एमाले महाधिवेशनपछि मात्रै सत्तागठबन्धनको बैठक हुने र त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने तिथि मिति टुंगो लाग्ने जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए ।
स्रोतले दाबी गरे अनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस २ गते विश्वासको मत लिने सम्भावना रहेको छ । त्यतिबेलासम्म एमाले महाधिवेशन पनि सम्पन्न भइसक्ने र सत्ता गठबन्धनको बैठकबाट उक्त मिति निर्णय गरी विश्वासको मत लिने अपेक्षा गरिएको एक नेताले बताए ।



