स्वास्थ्यकर्मी विद्यार्थीहरूद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

१६ घन्टा अगाडी न्युज डेस्क

स्वास्थ्यकर्मी विद्यार्थीहरूद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

स्वास्थ्य क्षेत्रका लागि प्रदेश लोकसेवा आयोगबाट लामो समयदेखि विज्ञापन प्रकाशन नभएको भन्दै स्वास्थ्यकर्मी विद्यार्थीहरूले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्यकर्मी विद्यार्थीहरूले आइतबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि स्वास्थ्य क्षेत्रमा जागिरका लागि विज्ञापन आह्वान नभएको असन्तोष व्यक्त गरेका छन् ।

ज्ञापनपत्रमा विगत दुई–तीन वर्षयता मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि कुनै पनि विज्ञापन प्रकाशन नगरेको उल्लेख गरिएको छ । त्यस कारण अध्ययन पूरा गरेका तथा अध्ययनरत स्वास्थ्यकर्मी विद्यार्थीहरूको मनोविज्ञानमा नकारात्मक असर परिरहेको छ । समयमै विज्ञापन नखुल्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको र भविष्यप्रति अन्योल बढ्दै गएको विद्यार्थीहरूले बताएका छन् ।

विद्यार्थीहरूले देशका अन्य प्रदेशहरूले स्वास्थ्य क्षेत्रका लागि लोक सेवा आयोगमार्फत नियमित रूपमा विज्ञापन प्रकाशन गरिरहेका छन् । तर मधेश प्रदेश सरकारले यस विषयमा अहिलेसम्म आवश्यक ध्यान नदिएकोप्रति उनीहरूले दुखेसो पोखे । मुख्यमन्त्री यादव ज्ञापनपत्र ग्रहण गर्दै भने ‘विद्यार्थीहरूको मागप्रति सरकार सकारात्मक रहेको छ । के कस्तो अवस्था रहेको भन्दै स्वास्थ्य मन्त्रालयमा बुझेर लोक सेवा आयोगसँग समन्वय गरी चाँडै विज्ञापन प्रक्रिया अघि बढाउने छु ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?