आर्थिक वर्ष ०८१/०८२ मा रोजगारीका लागि विदेशिने क्रम निरन्तर बढी नै रहेको छ । सबैभन्दा बढी मधेश प्रदेशबाट वैदेशिक रोजगारका लागि युवाहरु विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा रोजगारीमा कामको खोजीमा ८ लाख ३९ हजार २६६ जना नेपाली विदेशिएका छन् । जसमध्ये मधेश प्रदेशको धनुषाबाट सबैभन्दा बढी युवाहरु विदेशिएका छन् । त्यस्तै मधेश प्रदेशको सिरहा, महोत्तरी, सर्लाही र सप्तरीबाट पनि अत्यधिक युवाहरु विदेशिएका छन् ।
मधेश प्रदेशपछि कोशी प्रदेशको सुनसरी, मोरंग र झापाबाट युवाहरु विदेशिएका छन् भने लुम्बिनी प्रदेशको रुपन्देही र दांगबाट युवाहरु कामका लागि वैदेशिक रोजगारीमा बाहिरिएका छन् । वैदेशिक रोजगारीका लागि जानेमा धनुषा जिल्लापछि क्रमशः झापा, मोरंग, सिरहा, महोत्तरी, सुनसनरी, सर्लाही, रुपन्देही, सप्तरी र दांगका युवाहरुको संख्या उल्लेखनीय रहेको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बढ्दै गएको छ । उक्त संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा क्रमिक रुपमा बढी छ । गत आर्थिक वर्षमा ६ लाख ५६ हजार ६१० जना विदेशिएका थिए । विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएकोमा पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका थिए ।
विदेशिनेमध्ये ९४ हजार ४५५ जना महिला छन् भने ७ लाख ४४ हजार ८११ जना पुरुष रहेका छन् । गत आर्थिक वर्षमा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । उक्त अवधिमा ८४ हजार ८ सय ५५ नेपाली काम खोज्दै विदेशिएको विभागको तथ्यांक छ । वैदेशिक कामको लागि मुख्य गन्तव्यको रुपमा यूएई, साउदी अरब, कतार, कुवेत, बहराइन र ओमन रहेको विभागको तथ्यांकमा जनाइएको छ ।
गत वर्षको तुलनामा महिलाहरु पनि वैदेशिक रोजागरका लागि काममा जाने क्रम बढ्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ । ०८१/०८२ मा २ लाख ४१ हजार ७७६ जना पुरुष र ३२ हजार ८१४ जना महिला गरी २ लाख ७४ हजार ५९० जना वैदेशिक रोजागरीका लागि यूएईमा गएका छन् । त्यसपछि साउदी अरबमा १ लाख ५१ हजार ८७० पुरुष र ६८७ जना महिला गरी १ लाख ५२ हजार ५५७ जना कामका लागि गएका छन् । त्यस्तै कतारमा १ लाख ३० हजार २१८ जना पुरुष र १० हजार ५७४ जना महिला गरी १ लाख ४० हजार ७९२ जना विदेशिएका छन् ।
कुवेतमा ४६ हजार २०६ जना पुरुष र १२ हजार ८५९ महिला गरी १ लाख ४० हजार ७९२ जना गरी ५९ हजार ६५ जना नेपाली कामका लागि विदेशिएका छन् । वैदेशिक कामका लागि बहराइनमा ९ हजार ८८० जना पुरुष र १ हजार ७४४ जना महिला गरी ११ हजार ६२४ जना नेपाली गएका छन् । त्यस्तै ओमनमा ६ हजार ८७२ जना पुरुष र १ हजार ७२९ जना महिला गरी ८ हजार ६०१ जना विदेशिएका छन् ।
मंसिरमा मात्र १८ हजार ४ सय ९३ नेपाली यूएई पुगेका थिए । पुसमा यूएई जाने नेपाली १६ हजार ३ सय ८५ छन् । पुसमा साउदी जाने छन् । यो मुलुकमा १४ हजार ३ सय ७ पुगेका छन् । कतारमा १४ हजार १८ पुगेको विभागको तथ्यांक छ । गत वर्षदेखि मलेसियामा नेपाली कामदार संख्या निरन्तर घट्ने क्रम जारी वैदेशिक रोजगारीमा गएका कामदारको पक्षमा कार्यरत्त रहेका संस्था राष्ट्र निर्माण मञ्चका प्रतिनिधि प्रज्वल बास्टाकोटीले जानकारी दिए ।
विभागको तथ्यांकअनुसार पछिल्ला वर्ष युरोपलाई समेत धेरै नेपालीले आफ्नो रोजगारीको गन्तव्य बनाउन थालेका छन् । वैदेशिक रोजगार व्यवसायी यसरी जानेले बढी आम्दानी, सुरक्षित काम र दीर्घकालीन रोजगारीजस्ता कारण युरोपलाई गन्तव्य बनाउन थालेको बताइन्छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि नयाँ गन्तव्यको रुपमा रोमानिया, क्रोएसिया, साइप्रस, माल्टा, पोल्याण्ड, सर्बिया, बेलायत, स्लोभाकिया र टर्कीमा समेत नेपालीहरु कामको खोजीमा पुगेका छन् ।
वैदेशिक रोजगारको क्रममा नेपालीहरुको मृत्यु निरन्तर बढी नै रहेको छ । आर्थिक वर्ष ०८१/०८२ मा १ हजार ५४४ जनाको मृत्यु भएको छ भने गत आर्थिक वर्षमा १ हजार ३४६ जनाको मृत्यु भएको विभागको तथ्यांकले देखाएको छ । प्रत्येक वर्ष १ सयको हाराहारीमा मृत्यु हुने कामदारको संख्या बढ्ने गरेको छ ।



