सुन–चाँदीको भाउ बढ्यो

१३ घन्टा अगाडी न्युज डेस्क

सुन–चाँदीको भाउ बढ्यो

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार तोलामा चार हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार ८० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?