रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटको चारै क्षेत्रबाट जसपा नेपालले एकल सिफारिस गरिएको छ ।
क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका रूपमा पूर्व मन्त्री योगेन्द्र यादव, क्षेत्र नम्बर २ बाट जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति राम आशिष (वसिष्ठ) यादव, क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री गोविन्द चौधरी र क्षेत्र नम्बर ४ बाट जसपाका केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दास सिफारिस भएका हुन् ।
क्षेत्रीय भेलामा सहभागी नेता–कार्यकर्ताहरूका अनुसार लामो राजनीतिक अनुभव, बलियो सङ्गठन क्षमता र जनतासँगको नजिकको सम्बन्धका आधारमा चारैजनाको एकल नाम सिफारिस गरिएको बताए ।



