नेकपा एमाले ११औं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । भने धनुषाबाट एकजना पदाधिकारीसहित १० जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
ओली १ हजार ९९ मतले विजयी भएका छन् । उनले १ हजार ६ सय ६३ मत प्राप्त भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याएका छन् । पूर्वमहासचिवसमेत रहेका पोखरेल अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिए । यसअघि ओली काठमाण्डुमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए ।
२०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसंग पराजित भएका थिए । निर्वाचनमा २ हजार २ सय २७ मत प्राप्त गरेको थियो । एमाले ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाए अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । त्यस्तै उपाध्यक्षहरुमा पृथ्वीसुब्बा गुरुङ १७३७ मत, विष्णुप्रसाद पौडेल १६७५ मत, रामबहादुर थापा बादल १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत ल्याइ निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदका प्रतिद्वन्द्वीहरु गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराममेघी गुरुङ, अरुण नेपाल, टकंप्रसाद कार्की र भीमप्रसाद आचार्य पराजित भएका छन् । त्यसैगरी महासचिवमा शंकर पोखरेल १२२८ मत ल्याइ निर्वाचित भएका छन् भने सुरेन्द्रप्रसाद पाण्डे ९९९ मत ल्याइ पराजित भएका छन् । उपमहासचिवहरुमा लेखराज भट्ट १४५२ मत, धनुषाका रघुवीर महासेठ १३६८ मत, योगेश भट्टराई १३४८ मत ल्याइ निर्वाचित भएका छन् भने विष्णुप्रसाद रिमाल, आनन्दप्रसाद पोख्रेल, बैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम उनीहरुसंग पराजित भए ।
त्यस्तै सचिवहरुमा महेश बस्नेत १५४४ मत, पद्माकुमारी अर्याल १५३० मत, छविलाल विश्वकर्मा १५०६ मत, शेरधन राई १५०३ मत, हिक्मतकुमार कार्की १३३७ मत, खगराज अधिकारी १२३१ मत, यमलाल कँडेल ११८५ मत, राजन भट्टराई ११८१ मत र भानुभक्त ढकाल ११०८ मत ल्याइ निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा पराजित हुनेहरुमा गोकुलप्रसाद बासकोटा, ठाकुरप्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्निप्रसाद खरेल, विनोदप्रसाद ढकाल, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, पेम्बा लामा, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटा रहेका छन् । निर्वाचनमा केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिएकाहरुका लागि केन्द्रीय सदस्यको उम्मेदवारी सुविधासमेतको व्यवस्था गरिएको थियो । अध्यक्षमा ओली निर्वाचित भए पनि केन्द्रीय सदस्यमा भने उनी पराजित भएका छन् ।
त्यस्तै उपमहासचिवमा महासेठ निर्वाचित भए पनि केन्द्रीय सदस्यमा भने उनी पनि पराजित भएका छन् । महासचिवमा पराजित भएका पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । केन्द्रीय सदस्यमा भूगोलतर्फबाट मधेश प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा हरिप्रसाद उप्रेती, ताराकान्त चौधरी, एकवाल मिया, राजकुमार लेखी र मनोज कुमार खड्का निर्वाचित भएका छन् । मधेश युवातर्फबाट इ.मोबिन आलम निर्वाचित भएका छन् ।
मधेश महिला कोटामा आरती भण्डारी, कल्पना कुमारी कटुवाल र निर्मला देवकोटा निर्वाचित भएकी छन् । त्यस्तै समावेशी केन्द्रीय सदस्यमा धनुषाबाट हरिनारायण महतो, उमाशंकर अरगरिया, लखन दास तत्मा, गंगा प्रसाद यादव, पूर्वसभामुख रामचन्द्र मण्डल, प्रतिक्षा तिवारी, सविता यादव, जुली कुमारी महतो निर्वाचित भएका छन् भने अन्य जिल्लाबाट अजय कुमार गुप्ता, पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, उपेन्द्र प्रसाद साह, जगदिश प्रसाद कुसियैत, कुन्दन प्रसाद कुशवाहा, दिलीप कुमार अग्रवाल, विजय कुमार सरावगी, मुनि साह सुडी, अमर कुमार यादव, रौनित शाह, ज्वाला कुमारी साह, रामरती देवी राम र सरिता कुमारी गिरी निर्वाचित भएका छन् ।
धनुषाबाट केन्द्रीय सदस्यमा पराजित हुनेमा रामसिंह यादव छन् भने यसपटक सञ्जीव कुमार झा सुरजले उम्मेदवारी नै दिएनन् । यता एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



