अमेरिकाको ‘डीभी लटरी’ कार्यक्रम स्थगित

१ घन्टा अगाडी न्युज डेस्क

अमेरिकाको ‘डीभी लटरी’ कार्यक्रम स्थगित

अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम स्थगित गरेको छ । गएको हप्ता ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको ज्यान गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्नुभएको बीबीसीले जनाएको छ ।

गोलीकाण्डमा संलग्न भएका व्यक्ति आठ वर्षअघि ‘डीभी लटरी’ कार्यक्रमबाटै अमेरिका प्रवेश गरेको खुलेको छ । बिहीवार मृत फेला परेका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी सन् २०१७ मा डीभीमार्फत अमेरिका प्रवेश गरेका र केही वर्षपछि ग्रीन कार्ड पाएको अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

नेभेस भ्यालेन्टीले यस हप्ताको शुरूमा पोर्चुगिज म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेका अमेरिकी अधिकारीहरूले विश्वास गरेका छन् ।

अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा डीभी लोटरी कार्यक्रममार्फत अब कुनै पनि अमेरिकीलाई हानि नपुगोस् भनेर भिसा योजना रोकेको बताउनुभएको छ ।

सन् १९९० देखि शुरू भएको डीभी कार्यक्रम अन्तर्गत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका ५० हजार नागरिक अमेरिका पुग्ने गरेका छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?