प्रधानमन्त्री ओलि र प्रिनिद्धिसभाका सभामुख सापकोटाद्वारा संसद भवनको निरिक्षण

५ years अगाडी teraibulletin

प्रधानमन्त्री ओलि र प्रिनिद्धिसभाका सभामुख सापकोटाद्वारा संसद भवनको निरिक्षण

 

काठमाडौं १७ बैशाख

नेपाल कमनिष्ट पार्टी नेकपाको अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले संसद बैठक कक्ष अवलोकन गर्नुभएको छ ।बजेट अधिवेशन बोलाउने तयारी भइरहेको बेलामा आज (बुधबार) संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गर्नुभएको हो । प्रधानमन्त्री ओलीसँगै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि बैठक कक्ष अवलोकन गर्न संघीय संसद भवन पुग्नु भएको थियो ।

बजेट अधिवेशन आह्वानका विषयमा बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोले  छलफलसमेत गर्नु भएको थियो ।संसद सचिवालयका अनुसार सामाजिक दूरी कायम गरी बैठक बसाउनका लागि सिटिङ संरचना नै परिवर्तन गर्न लागिएको छ। १५ जेठमा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?