सांसद अपहरण प्रकरण:- प्रहरी उजुरी लिन नमाने पछी मानवअधिकार आयोगमा उजुरी

५ years अगाडी teraibulletin

सांसद अपहरण प्रकरण:- प्रहरी उजुरी लिन नमाने पछी मानवअधिकार आयोगमा उजुरी

तराइ खबर समाचारदाता-काठमाण्डौं-

जनाता समाजबादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आराेपमा नेकपाका दुई सा‌ंसद र पूर्व आइजीपी विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ।
डा. यादवलाई ‘अपहरण शैली’मा जनकपुरबाट ल्याउन भूमिका खेलेको भन्दै नेकपा सांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध आयोगमा किटानी उजुरी दिइएको समाजवादीका नेतासमेत रहेका अधिवक्ता कृष्ण शर्माले जानकारी दिए। आयोगले सांसद अपहरणको उजरी लएको छ।

केही दिन अघि जनकपुरमा रहेका सांसद् डा. यादवलाई लिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पार्टी फुटाउने प्रयोजनका अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो।
यस घटनामा समाजवादीले सुरुआतमा काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा उजुरी दिएको थियो। तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले पनि उनीहरुको उजुरी लिएको थिएन। त्यसपछि समाजवादीले मानवअधिकार आयोग उजुरी दिएको हो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?