पर्सा,श्रीनारायण-महतो १८ बैशाख
पर्साको छिपहरमाई गाउपालिकामा वडा न:-दुइ सम्भौतामा लकडाउनबाट प्रभाबित भएकालाई राहतको नाउमा कागज़को कूपन मात्र दिएर सीधा,निमुखा जनतालाई ठगने काम भईरहेको नेपाली कांग्रेश पर्सा जिल्ला सदस्य युवा नेता नबीन सिंहले आरोप लगाउनु भएको छ l
राहत बाडछू भन्दै छिपहरमाई गाउपालिका वडा न:-२ सम्भौताका वडाध्यक्ष महेन्द्र प्रसाद कलवार,गाउपालिका अध्यक्ष र कार्यकारी गाउपालिकाका अधिकृतले लकडाउनबाट प्रभाबित भएका स्थानीय लक्षित बर्ग प्रमोद चौरसिया,देवमती देबी हेकरु देबी लगायत संग एकहप्ता अगाडी नै भरपाई गराई सकेको (राहत लिई सकेको भन्दै गर्नु पर्ने सही छाप ) र आश्वासनमा मात्र राख्नु भएको उनिहरुले गुनासो गरेका छन l यिनिहरू मात्रा उदहारणका पात्र रहेका हुन l
यस्ता धेरै निमुखालाइ राहत बाडछू भन्दै एक हप्ता अगाडी नै वडा अध्यक्ष कलवारले उनीहरू संग भरपाई गराई सकेको र मात्र कागज़को टुक्रा दिएर आसै आसमा बस्न बाध्य पारिएको समेत सिंहले बताउनुभयो l दुई हप्ता भईसकियो न जनताको गुनासो सुन्न कुनै जनप्रतिनिद्धि नै आएका छन न त कुनै राहतको अतो पतो रहेको पीड़ितहरू बताएका छन l
आफुहरू समस्या लिएर वडा कार्यपालिकाको कार्यालय जादा गाउपालिकाको कार्यालय पठाइन्छ र त्याहा पुग्दा कहिले पालिका अधिकृत छैन्न भनेर आफुहरूलाइ फरकाईने गरिछ त कहिले पालिका प्रमुख नै भेटदैन्न एता वडा अध्यक्ष कुरै सुन्दैन्न भनी लक्षित बर्गहरूले गुनासो पोखेका छन l
सरकारले गरेको लकडाउन आज (बिहीबार)सम्म ३८ औ दिन पुगेको छ एका तीर सरकार ८० करोड़को राहत बाड़ियो ठुलो स्वरमा भनीरहदा वास्तविक स्थानिय पिडीत जनता अहिले सम्म राहत नै नपाएको गुनासो गरिरहेको देख्दा सरकारले झूट बोल्या हो की स्थानीय जनप्रतिनिद्धिले नै राहतमा समेत राजनितिकको खेती गरेको छुट्याउनै गार्हो भएको नेता सिंहले टिपण्णी गर्नुभयो l
अहिलेको माहामारीको अवस्थामा सरकार आफ्नो राजनीतिक चलखेलमा बल्झेको देख्दा र अर्का तीर स्थानीय जनप्रतिनिद्धि आफ्नो भोट बनाउनमा ब्यस्त भएको देख्दा आफुलाई अचमको कुरा लागेको नेता सिंहले टिपण्णी गर्नु भयो l
नेता सिंहले पीड़ामा परेका जनतालाइ अबिलम्ब बितरण गर्न नेता सिंहले जोड़दार माग गर्नुभयो l उहाले लकडाउनको मारमा परेका जनतालाइ तत्काल राहत बितारण गर्न स्थानीय,प्रदेश र केन्द्र ध्यान आकर्षण गराउनु भयो l अन्याथा भने यो माहामारीको बेलामा समेत आफुहरू बाध्य भएर कड़ा भन्दा कड़ा आन्दोलन गर्ने चेताउनि दिनु भयो l
उहाले यो बिपतिको घड़ीमा राष्ट्रसेवक स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संचारकर्मीलाइ आफ्नो ब्यक्तिगत तरफबाट र नेपाली कांग्रेशको तर्फबाट धन्याबाद समेत दिनुभयो l