काठमाण्डौ २० बैशाख –कोरोना भाइरसबाट बाच्नको लागी बिश्व समुदायलाइ आफुहरूले पर्याप्त समय दिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दावी गरेको छ । संगठनमा प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा पहिले नै गर्नुपर्ने मागलाई खारेज गर्दै सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गर्नुभएको छ ।
संगठनले ३० जनवरी अर्थात् माघ १६ गते नै सबै देशलाई सतर्क हुन अपिल गरिएको स्पष्ट उहाले बताउनुभय। माघ १६ गतेसम्म चीनबाहिर ८२ जनामा मात्र कोभिड–१९ पुष्टि भएको थियो र कसैको पनि ज्यान नगएको समयबाट नै आफुहरू बिश्वलाइ नै सचेत गराउदै आएको उहाले दाबी गर्नुभयो ।
अनलाइन पत्रकार सम्मेलनको क्रममा संगठनले सोमालिया, हाइटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सिएरालियोन र उत्तरी नाइजेरिया जस्ता देशमा पनि कोभिड-१९ को सङ्क्रमण चिन्ताजनक तरिकाले अघि बढिरहेको बताएको छ । संगठनले कोरोना भाइरस प्राकृतिक रुपबाट नै विकसित भएको दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस, चीनको वुहान शहरमा रहेको प्रयोगशालामा बनाइएको आरोप लगाउँदै आउनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताउनुभएको छ ।कोरोना भाइरसको सङ्क्रमण रोक्न चीन असफल भएको भन्दै अमेरिकी प्रतिबन्धको तयारी गरिरहेको बताउनुभएको हो ।