बीरगंज २१ बैशाख–बीरगंज लुम्बिनी बिकास बैंकको शाखा बीरगंले आज(आइतबार) एक कार्यक्रमका बिच बीरगंज माहानगरपालिकालाइ राहत स्वरूप खाद्यान हस्तान्तरण गरेको छ l
बिश्व ब्यापी रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागी सरकारले गरेको बन्दाबन्दी अर्थात लकडाउनबाट प्रभाबित भएका एकल महिला,गरीब ,अति बिपन्न,असहाय,तथा दैनिको ज्यालादारी गरी जिबिका चलाउनमा भएको समस्यालाइ मध्यनजर गर्दै राहत सामग्री हस्तान्तरण गरिएको लुम्बिनी बिकास बैंकको शाखा बीरगंले जनाएको छ l
समाज प्रतिको उत्तरदायित्वलाइ ध्यानमा राख्दै मानवताको भावनाले एक कार्यक्रमको बिच राहत स्वरूप खाद्यान बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलाइ हस्तान्तरण गरिएको लुम्बिनि विकास बैंकका बीरगंजका शाखा प्रमुख श्री प्रभाकर कुमार झाले जानकारी दिनुभयो l
१०० बोरा जीरा मसिनो चामल २५०० किलो,मसुरोको दाल २०० किलो,तोरीकोको १०० लीटर आयोडीन नूनका १०० प्याकेटहरू राहत स्वरूप खाद्यान र कोरोनाबाट बाच्न हात धुनको लागी हात धुने साबुन १०० थान हस्तान्तरण गरिएको शाखा प्रमुख झाले बताउनुभयो l
आफुले हस्तान्तरण गरेको राहत उचित पीड़ित समक्ष पुग्ने आफु आशाबादी रहेको शाखा प्रमुख झाले बिश्वाश ब्यक्त गर्नुभयो l एता महानगर प्रमुख सरावगीले राहत उपलब्ध गराएकोले लुम्बिनि बिकास बैंक बीरगंज साखालाइ धन्याबाद ज्ञापन गर्नुभयो l
अन्तिम अपडेट:२०७७/ बैशाख २१ आइतबार