सोमबार आएको हवाहूरीले जस्ता उडाउदा लागेर सर्लाहिमा एक युवकको घटनास्थलमा नै मृत्यु

५ years अगाडी teraibulletin

सोमबार आएको हवाहूरीले जस्ता उडाउदा लागेर सर्लाहिमा एक युवकको घटनास्थलमा नै मृत्यु

सांकेतिक:तस्बीर

सर्लाही २२ बैशाख –सोमबार अचानक आएको हावाहुरीले जस्ता उडाउदा लागेर एक युवकको मृत्यु भएको छ l मृत्यु हुनेमा जिल्लाको कबिलाशी नगरपालिका-३ बिनगरामा अचानक आएको हावाहुरीले उडाएको जस्ताले लागेर सो १९ वर्षीय राजेश यादवको मृत्यु भएको हो।

तीब्र गतिमा चालेको हावाले आफ्नै छतको जस्ता उडाउदा लागेर यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ l घटनाको  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्तिम अपडेट:२०७७/ बैशाख २२ सोमबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?