भारतको ओडिशामा क्वरेण्टीन केन्द्रमा नै टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता

५ years अगाडी teraibulletin

भारतको ओडिशामा क्वरेण्टीन केन्द्रमा नै टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता

 

भारत २३ बैशाख –बिश्व संग संगै कोरोना भाइरसबाट जुधीरहेको भारतमा कोरोना भाइरसबाट बाच्नको लागी लागू गरिएको नियम तथा प्रतिबन्धलाइ उलंघन गर्दै टिकटक भिडियो बनाउने सात जानामाथी मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जानाएका छन l

कोरोना संक्रमणको कारण रेड जोनमा परेको ओडिशाका भद्रक जिल्लाको तिहाडीमा बनाइएको  क्वरेण्टीन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको भारतीय अधिकारिलाई उदृत गर्दै भारतीय संचारमाध्यले जानाएका हूँन ।

भारत सरकारले लागूगरेको सामाजिक दुरी र क्वारेण्टिन बस्दा अपनाइने नियमलाइ ध्वजी उड़ाउदै उनिहरुले टिकटिक भिडियो बनाएकोले  स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै समाचारमा पनि यसको चर्चा परिचर्चा भइरहेको छ । भिडियामा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ ।  स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेको जानकारी दिनुभएको भारतीयक मिडियाले समाचारमा उल्लेख गरेका छन ।

 अन्तिम अपडेट:२०७७/ बैशाख २३ मंगलबार

फोटो साभार: उज्यालोबाट

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?