धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरीको भङहा नगरपालिका ७ मा आज फेरी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० बर्षिय गर्भु देवी महतो रहेको छ। मृत्युको कारन श्वास लिनमा कठिनाइ भएको। श्वास लिनमा समस्या भएका कारण उनको मृत्यु भएको चिकित्सक साहले बताए । यता भँगहा नगरपालिकाका मेयर सँजिब साह उक्त महिला पहिला देखी नै दममा रोगका कारण रोगी रहेको बताएपनि अनुसन्धान गर्न स्वास्थयकर्मिहरु सँग आग्रह गरेका छन । यता स्वास्थय कार्यालय महोत्तरीको टोली घटना स्थलमा पुग्दै छन ।
यसरी मृत्युहुनेको संख्या १३ पुगेको छ जस मध्ये १० जना रक्सीको कारन एक जना औलो कारन र एक जनाको रिपोर्ट आउन बाकी रहेको छ