पर्सा २५ वैशाख – जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणमा लागूऔषधसहित ५ जनालाई पक्राऊ गरेकोछ lजिल्ला प्रहरी कार्यलय पर्साका क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरीक्षक रबीभूषण यादव नेतृत्वको टोलिएले घरमा बक्स पलङ भित्र लागु औषध लुकाई छिपाई राखी बिक्री गरिरहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरिक्ष यादव नेतृत्वको खटेको टोलीले वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ४६ का सन्तोष पटेल, उनकी श्रीमती बर्ष ३७ की बबिता देवी, छोरा बर्ष २८ का टिंकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठा बस्ने बर्ष २८ का राजनाथ यादव र बाराको प्रसौनी गाउँपालिका वडा नं.३ नौतन बस्ने बर्ष ३२ को मुग्रिम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध घरमा भण्डार गरी खरिद बिक्रि भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरीक्षक यादव नेतृत्वमा गएको टोलीले आज (बुद्धबार ) विहान ४ बजे वीरगंज ३ स्थित सन्तोष पटेलको घरमा छापा हानी ऊनिसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी निरिक्षक यदवको अनुसार सन्तोषको घरमा छापा हानी खानतलासी गर्दा बक्स पलङ भित्र बिक्रि बितरण गर्न लुकाई छिपाई राखेको अबस्थामा लागु औषध Dialex-Dc ८७ बोतल (१००ML), Onerex-१०३ बोतल(१००ML), Nitrazepam-२० पिस, Nitravet- ३६ पिस र Simplexct-८ पत्तामा ५७ पिस फेला पारी निज सन्तोष सहित पांच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २४ बुद्धबार