२५६४ औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रका प्रमुखहरूबाट शुभकामना सन्देश जारी

५ years अगाडी teraibulletin

२५६४ औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रका प्रमुखहरूबाट शुभकामना सन्देश जारी

काठमाडौँ  २५ वैशाख – आज २५६४ औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले आजको यस दिनले विविधताबिच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह,उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उहाले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको हो ।

बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि राष्ट्रपति भण्डारी व्यक्त गर्नुभएको छ  ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव,अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएकोछ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनी सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाएको मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उउहाले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताउनुभयो  ।

यस्तै प्रधानमन्त्री केपी शर्माओलीले आज (बिहीबार) २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका गर्नु भएको छ  । प्रधानमन्त्री ओलिले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको ओलीको प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभ्यो ।

अन्तिम अपडेट:२०७७/ बैशाख २५  बिहीबार  

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?