प्रोफाइल तस्बीर
काठमाडौँ २६ बैशाख –आजको प्रतिनिधिसभाको बैठक वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्ने गरी टुंगिएको छ । वर्षे अधिवेशनको पहिलो दिन (शुक्रबार) सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताले सम्बोधन गरेका थिए । शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तापक्षका नेता सुवास नेम्वाङले सम्बोधन गरे।
त्यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, सांसद राजेन्द्र महतो, प्रेम सुवाललगायतले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका थिए। अर्को बैठकबाट प्रतिनिधिसभामा प्रि-बजेटमाथि छलफल हुनेछ।
अन्तिम अपडेट:२०७७/ बैशाख २६ शुक्रबार