माइतिघर मन्डालामा लिपुलेक लाई लिएर बिरोध प्रदर्शन

५ years अगाडी teraibulletin

माइतिघर मन्डालामा लिपुलेक लाई लिएर बिरोध प्रदर्शन

तराइ खबर समाचारदाता-काठमाण्डु, काठमाण्डुको माइतीघर मण्लामा शनिबार भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने सडक निर्माण गर्दासमेत चुप लागेर बसेको भन्दै सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । नाराबाजीसहित माइतीघर मण्डला पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ ।

भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रै हो जस्ता नारा लगाएका थिए । यसअघि भारतीय दूतावास घेर्न लैनचौर पुगेका सत्तारुढ दल नेकपाकै विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?