लकडाउनको अवज्ञा:जनकपूरबाट मिठाई पसलका संचालक पक्राऊ

५ years अगाडी teraibulletin

लकडाउनको अवज्ञा:जनकपूरबाट मिठाई पसलका संचालक पक्राऊ

जनकपुर २७ बैशाख  –कोरोनाबाट बाच्नको लागी सरकारले गरेको लकडाउन(बन्दाबन्दी) नै जनकपुरमा पसल संचालन गरेको आरोपमा एक जानालाइ जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राऊ गरेको छ l जनकपुरको जानकी मंदिर अगाडी हँसराजको नाउबाट मिठाइ पसल संचालन गरीरहेका उक्त पसलका सँचालक हँसराज साह (गुप्ता) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ l

गत ११ गतेबाट गरिएको लकडाउनको आज ४७ औ दिन बितिसक्दा समेत जनकपुरको सम्पुर्ण बजारका पसलहरु, उद्योग,सबै बन्द रहेको तर उक्त मिठाइ पसल खोलेको भन्दै पक्राउ गरिएको प्रहरी उपरिक्ष रामेश्वर कार्कीले बताएका छन । प्रहरी उपरिक्ष कार्कीका अनुसार,लकडाउनमा पनि निरन्तर मिठाइ पसल खोलेको भनेर गुनासोहरु आएपछि उनलाई पक्राउ गरिएको बताएका छन ।

जिल्ला प्रहरी कार्यलय धनुषाले उक्त मिठाई पसलका संचालक साहलाइ बारमबार चेताउनी दीदासमेत बन्द नगरेको भन्दै पक्राऊ गरिएको प्रहरी उपरिक्ष कार्कीले बताएका छन lकार्कीका अनुसार उनले(पसलका संचालक) अबदेखि लकडाउनमा अवधी भरमा पसल नखोल्ने शर्तमा कागजात गराई छाडिएको बताएका छन l

अन्तिम अपडेट:२०७७/ बैशाख २७ शनिबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?