काठमाडौं, २७ बैशाख – नेपाल र भारतबीचको कालापानी सीमानाका लामो समयदेखि भारतले हस्तक्षेप गर्दै आएको छ । यसबीच शुक्रबार भारत सरकारले लिपुलेक हुँदै मानसरोबर जाने सडकको उद्घाटन गरेको विषयले झनै ठूलो विवाद खडा गरेको छ ।
नेपाल सरकारले भारतले नेपालीभूमि हुँदै सडक निर्माण गरेको उक्त विषयमा औपचारिक रूपमा प्रतिक्रिया दिएको छ ।
लिपुलेक हुँदै मानसरोबर जाने सडकको उद्घाटन गरेको विषयमा आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको यो कदमप्रति गम्भिर आप्पती जनाएको छ । दुईदेशबीच भएको समझदारीको बर्खिलाप भारते सडक उद्घाटन गरेको भन्दै मन्त्रालयले आपत्ती जनाएको हो ।
लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक–पटक दोर्होयाउँदै आएको परराष्ट्रको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले धेरै पटक दोर्होयाएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ ।
यस्तै, विज्ञप्तीमा ईपीजी प्रतिवेदनमा समेत भूमिका सन्दर्भमा समस्या समाधान गर्ने र त्यसका आयामकाबारेमा उल्लेख गरिएको थियो ।तर, भारतले तत्काल दुवै पक्षले ईपीजीको प्रतिवेदन तत्काल बुझ्नुपर्ने अवस्था आएको समेत विज्ञप्तीमा भनिएको छ ।