संचारमाध्यममा एकअर्का माथी टिका टिप्पणी नगर्न समाजवादी पार्टी पर्सा अध्यक्ष यादवको आग्रह

५ years अगाडी teraibulletin

संचारमाध्यममा एकअर्का माथी टिका टिप्पणी नगर्न समाजवादी पार्टी पर्सा अध्यक्ष यादवको आग्रह

वीरगंज २७ बैशाख –समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले सार्बजनिकरुपमा संचारमाध्यममा टिका टिप्पणी नगर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छ ।

उनले आज(शनिबार)  एक प्रेस विज्ञप्ती जारी गर्दै देशको बैकल्पिक शक्ति निमार्णको यस घडिमा समाजबादी पार्टीपर्साका केहि नेता तथा कार्यकर्ताहरुले रेडियो, टी.बी, समाजिक संजाल मार्फत एकअर्का प्रति गरेको टिप्पणी, दोषारोपण प्रति पार्टीको गंभिर ध्यानार्कषण भएको बताएका छन ।

अध्यक्ष यादवले जारी गरेका प्रेस विज्ञप्ती मार्फत सम्पुर्ण पार्टीका नेता तथा कार्यकर्ताहरु अब उपरान्त रेडियो, टी.बी, समाजिक संजालमा एकअर्का प्रतिको नाकारात्मक टिप्पणी नगरिदिन हुन सम्पुर्ण पार्टी पंक्तिमा अनुरोध गर्दै कुनै किसिमको असहजता महसुस भएको खण्डमा आपसी समन्वय र सहकार्यबाट नितिगत रुपमा पहलकदमी गर्न समेत अनुरोद्ध समेत गरेका छन ।

अब उपरान्त कुनै किसिमको नाकारात्मक टिका टिप्पणी गरेको देखिएमा पार्टीले पार्टीको बिधि र बिधान अनुसार आवश्यक कारवाही गरिने समेत अध्यक्ष उनले हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ ।

अन्तिम अपडेट:२०७७/ बैशाख २७ शनिबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?