काठमाडौं । काठमाडौं उपत्यकामा भोली देखी केही मापदण्डका आधारमा गाडी चल्ने भएका छन् । ट्राफिक माहाशाखा प्रमुख भीमप्रसाद ढकालले समय तालिकाका आधारमा सावारी साधन सञ्चालन गर्न दिइने भएको बताएका हुन् ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबिच भएको बैठकले गरेको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएसंगै सवारीसाधन संचालन आउने भएको हो ।
निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, बित्तिय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाईहरुलाई समय तालिका अनुसार चल्न दिने तर अन्य गाडीका लागि भने कडाइ नै हुने उनले बताएका छन् ।
ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार भोलीदेखि चल्न पाउने गाडी
-निमार्ण सामग्री बोकेका ठूला ट्रिपर र ट्रकहरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म उपत्यका छिर्न पाइने
–निजामती कर्मचारी, बैंक तथा वित्तिय सेवाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे ९ भित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने
–सामान्यतया अत्यावश्यक चिज बोकेका गाडिहरु जस्तै तरकारी, खाद्य सामग्री, फलफूल लगायत बोकेका सवारी साधान बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने
-४२ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधान सञ्चालन गर्न भने नपाउने
राती चल्ने निर्माण सामग्री बोकेका सवारी साधान बाहेकका सवारी साधान सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने छ ।