पर्सा २७ वैशाख –बीरगंजको गण्डक अस्पतालमा कोभिड १९ अस्पतालको रुपमा संचालनमा आउने भएको छ।संघीय स्वास्थ्य मंत्रालयले पाठाएको बिज्ञ टोली, प्रदेश सरकारको स्वास्थ्य मंत्रालयका प्रतिनिधि तथा बीरगंज महानगरपालिका वीचमा शनिवार बिहान भएको बैठकले गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।
नारायणी अस्पतालको प्राविधिक ब्यवस्थापकीय नेतृत्वमा महानगरपालिकाको संयोजनमा गण्डक अस्पतालको पूर्वाधार प्रयोग गर्ने कुरामा नेपाल सरकारले बीरगंजमै आएर निर्णय लिएको छ । यो निर्णय संगै अव नारायणी अस्पतालको रुटिङ सेवा संचालनमा आउने छ । गण्डक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका बिरामीको उपचार हुने अव भने पक्का भएको छ।
नारायणी अस्पतालको प्राबिधिक ब्यवस्थापन र जनशक्तिको नेतृत्वमा नेशनल मेडिकल र महानगरका पच्चीस पच्चीस प्रतिशत जनशक्ति परिचालन गरि बीरगन्ज महनगरपालिकाको संयोजनमा अस्पताल संचालन हुने कार्यविधि तय भएको छ ।
यो संगै बीरगंज महानगरपालिकालको २ सय बेड क्षमता को आइसोलेशन सेन्टरको स्थापना गर्ने निर्णय पनि भएको छ।बीरगंज महानगरपालिकाले सर्वपपक्षीय बैठक आयोजना गरि सबैको समन्वयमा महानगर प्रमुखकको संयोजकत्वमा कोरोना १९ प्रतिकार्य तयारी समिति गठन गरेर काम गर्ने निर्णय भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देबकोटाले जानकारी दिए ।
अन्तिम अपडेट:२०७७/ बैशाख २७ शनिबार