लिपूलेक:सडक निर्माण भएको आफ्नै भूमी रहेको भारतीय सरकारको दाबी:महामारीपछि छलफल गरिने भनाई

५ years अगाडी teraibulletin

लिपूलेक:सडक निर्माण भएको आफ्नै भूमी रहेको भारतीय सरकारको दाबी:महामारीपछि छलफल गरिने भनाई

काठमाण्डौ २८ बैशाख- लिपुलेक सम्म भारतले आफ्नै सडक बिस्तार गरेको भन्दै बिरिध भईरहेको बेला भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको विज्ञप्ति नेकालेर दाबी गरेको छ ।

लिपुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो । यो भूमि उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने भारतीय सरकारको दावी  छ ।

कैलाश मानसरोवर यात्रामा तिर्थालु हिँड्ने रुटमा नै सडक बनाएको भारतले जनाएको छ । सीमामा भएका समस्या समाधानको लागि नेपाल र भारतले विभिन्न संयन्त्र बनाएको र तिनै संयन्त्रमार्फत विवादको समाधान निकाल्न सकिने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । दुई देशले विदेश सचिवस्तरीय वार्ताको तयारी भएको र कोरोनाको महामारीपछि छलफल गरिने विज्ञप्तीमा उल्लेख छ  ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?