काठमाडौं । कोरोना भाइरस कोभिड९१९ं० संक्रमण निको भइसकेका व्यक्तिमा पुनःपरीक्षण गर्दा पोजिटिभ रिपोर्ट आउनु ऊ फेरि aकोरोनाबाट संक्रमित भएको भन्न नमिल्न डब्ल्यूएचओे बताएको छ।
निकोभइसकेका व्यक्तिमा फलोअप जाँच गर्दा पीसीआर रिपोर्टमा पुनः कोरोना पोजेटिभ देखिनुको कारण फोक्सोको मृत कोषिकामा देखिएको मृत भाइरस भएको डब्ल्यूएचओको जनाएको हो ।
दक्षिण कोरियाले आफ्नो देशमा कोरोनामुक्त भएपछि पनी सयभन्दा बढी व्यक्तिको नमुना पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी गराएपछि डब्ल्यूएचओले यसबारे स्पष्ट पारेको छ।
नेपालमा पनि कोरोना निको भएका ३ जनाको गर्दा रिपोर्ट पुनः पोजिटिभ आएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार डब्ल्यूएचओका प्रवक्ता क्रिस्टिएन लिन्डमायरले एएफपीसँग कुरा गर्दै केही बिरामी स्वास्थ्य अवस्थाका हिसाबले निको भए नमुना पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी प्राप्त भएको बताएका छन्।
तर पोजिटिभ नतिजा पुन संक्रमण भएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत कोषिका भएको उनको भनाइ छ।
उहाँले भन्नुभयो, ‘जुन पहिले संक्रमित भएका थिए, रिपोर्टमा त्यही देखिएको हो। यो बिरामी निको हुने प्रक्रिया हो, जसमा शरीर आफैंले सफाइ सुरु गर्छ। यसलाई पुनः संक्रमण भन्न मिल्दैन।’
निको भएर पुनः संक्रमण भएका व्यतिहरुले रिपोट पोजिटिभ देखिए पनि उसले अरूलाई संक्रमण सार्ननसक्ने वैज्ञानिकहरुले बताएका छन । कोरोना संक्रमणमुक्त भइसकेका मानिसमा केही महिनाभित्रै पुनः संक्रमण हुने सम्भावना एकदमै कम हुने उनीहरुको भनाइ छ।
तसर्थ नेपालमा अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिको फलोअप पिसिआर परीक्षण केही दिनमै गरिएकाले पुनः संक्रमित हुने सम्भावना एकदमै कम लगभग शून्य रहेको विज्ञहरुको भनाइ छ ।