पर्सा,श्रीनारायण महतो
पर्साको पकहामैनपुर गाउँपालिकामा राहत बितरणको बिषयमा बिबाद हुदा प्रशासकीय अधिकृतमाथी हातपात भएको समाचार सार्बजनिक भएको छ lराहतको वितरणकाे बिषयमा विवाद हुदा हिजो (शुक्रबार) दिउसाे पकहामैनपूर गाउँपालिकाकी उपध्यक्ष कुशमी देवीले निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश सिंहमाथी हातपात गर्नु भएकी छन।
बिश्वभर माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट अर्थात कोभिड १९ को संक्रमणबाट बाच्नको लागी नेपाल सरकारले गरेको देशभर लकडाउनबाट प्रभाबित भएका असहाय,एकल महिला,अति विपन्न र दैनिकी ज्याला दारी गरी जिबिका चालाउदै आएका परिवारहरूको लागी बितरण गर्न शुरु गरिएको राहतमा अनियमितता भएको भन्दै उक्त गाउँपालिकाकी उपाध्यक्ष कुसुमीले अधिकृत सिंहमाथी गालीगलौज गर्दै हातपात गरेकी प्रत्यक्षदर्शीहरुले वताएका छन् ।
राहत वितरणकाे लागि गाउँपालिकाले बिशेष सभाबाट छुट्याएकाे रु ७० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाख गरी रु ८० लाखले गाउँपालिकाकाे सबै वडामा राहत वितरण गर्न केही दिन पहिला बसेकाे बाेर्ड बैठकले निर्णय गरेकाे थियाे । गाउपालिका उपाध्यक्ष कुशमीका अनुसार बोड बैठकबाट प्रति घरदुरी २५ कलो चामल, ३ किलो दाल, ५ किलो आलु, तेल १ लिटर सामग्री राहत वितरण गर्न निर्णय भएकाे थियाे ।
तर बोडको निर्णय विपरित गाउँपालिका अध्यक्ष विजय चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत सिंहले एकलाैटी ढंगले रु १० किलो चामल, दाल ५०० ग्राम, आलु २ किलो लगायतकाे सामग्री बाँडन लाग्दा आफुले त्यसकाे प्रतिकारमा उत्रेको उपाध्यक्ष कुसुमी देबिले बताउनु भएको छ ।