पाकिस्तानमा तीन हप्ताका लागि थपियो लकडाउन

५ years अगाडी teraibulletin

पाकिस्तानमा तीन हप्ताका लागि थपियो लकडाउन

एजेन्सी । सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको कारण पाकिस्तानमा फेरि तीन हप्ताका लागि लकडाउन थप गरिएको छ । कोरोनाभाइरसबाट लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुले बताएका छन् ।

व्यापार व्यवसायलाई सजिलो हुनेगरी सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । लकडाउनमा केही खुकुलो व्यवस्था पनि गरिएको जनाइएको छ। सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?