अपडेट:पत्रकार यादव रिहा:जिल्ला प्रहरीको समाचार बहिष्कार गर्ने पत्रकार माहासंघ पर्साको निर्णय

५ years अगाडी teraibulletin

अपडेट:पत्रकार यादव रिहा:जिल्ला प्रहरीको समाचार बहिष्कार गर्ने पत्रकार माहासंघ पर्साको निर्णय

पर्सा २८ बैशाख –बिना कारण नै पक्राऊ परेका पर्साका पत्रकार तिवारी यादब रिहा भएका छन lवीरगञ्जस्थित लिंकरोडबाट दिउँसो पक्राउ परेका पत्रकार तिवारी यादवलाइ प्रहरीले रिहा गरेको छ । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो । पत्रकार यादव ५ घण्टा पछि रिहा भएका हुन ।

नारायणी एफएम प्राविधिक प्रमुख दिपेन्द्र साहका अनुसार स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ गरिराखेका थिए। दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको उनले बताएका थिए l

पर्सा प्रहरीको ज्यादतिको बिरुद्धमा नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनको घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पर्सेली संचारकर्मीहरु आजैबाट जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने जनाएका हूँन ।

अध्यक्ष श्याम बन्जाराले पत्रकार माथि गरेका दुरव्यहारको घोर बिरोध गर्दै दोसी प्रहरी माथि कारवाही नभए सम्म आन्दोलन गर्ने बताएका हूँन । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ । पर्सा प्रहरीले निर्दोष संचारकर्मिलाई पक्राऊ गरेको भन्दै समाजिक संजालमा निकै आलोचना समेत भएको छ l

अन्तिम अपडेट:२०७७/ बैशाख २८ आइतबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?