भारतमा कोरोना संक्रमितको संख्या ७० हजार भन्दा बढी

५ years अगाडी teraibulletin

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार भन्दा बढी

काठमाण्डौ। कोरोना भाइरस ९कोभिड(१९) को संक्रमण तीव्र बन्दै गएको भारतमा सोमबार पनि ३६ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

सोमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका हुन् । आइतबार भारतमा ४ हजार ३५३ नयाँ कोरोना संक्रमित फेला परेका थिए । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेको छ । यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २९४ पुगेको छ ।

सोमबार त्यहाँ कोरोनाका कारण ८२ जनाको मृत्यु भएको छ । आइतबार भने १११ जनाको मृत्यु भएको थियो, शनिबार पनि ११६ जनाको ज्यान गएको थियो ।

यसैबीच भारतमा २२ हजार ५४९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४५ हजार ९२५ संक्रमित हाल उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणको उपायस्वरूप लकडाउन जारी राखेको छ । पछिल्लो चरणको लकडाउन मे १७ ९जेठ ४० सम्म पुर्याएको छ

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?