सिरहामा घाँटी काटी एक पुरुषको हत्या

५ years अगाडी teraibulletin

सिरहामा घाँटी काटी एक पुरुषको हत्या

तराइ खबर समाचारदाता-सिरहा, सिरहाको लहान नगरपालिका- १७ मा एक पुरूषको घांटी काटेर हत्या गरेको अबस्थामा मंगलवार शव फेला परेको छ । अन्दाजी ४० वर्षीय सफिद मियांको हत्या गरिएको अबस्थामा शव फेला परेको हो । उनी सोही ठाउको भएको सिरहा प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् ।

सोमवार राति उनको हत्या गरिएको बताइएको छ । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेका छैन् । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?