Breaking-News:- ५७ जना कोरोना संक्रमित मध्ये ३९ जाना बीरगंज छपकैयाकै रहेको खुलासा

५ years अगाडी teraibulletin

Breaking-News:- ५७ जना कोरोना संक्रमित मध्ये ३९ जाना बीरगंज छपकैयाकै रहेको खुलासा

पर्सा,३० बैशाख,पर्सामा आज देखा परेका सबै ३९ जना कोरोना भाइरसका संक्रमित वीरगन्जको छपकैयाका वासिन्दा रहेको खुलेको छ। उनीहरू वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ का वासिन्दा रहेको बीरगंज माहानरपालिकाको मेयर विजयकुमार सरावगीले बताए छन ।

छपकैया वस्ती महानगरको यी तीनटा वडामा फैलिएको उनको भनाई रहेको छ। मंगलबार एकैदिन ५७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।जसमा पर्सा छप्कैयाका ३९ जना, बाराका १ जना कपिलवस्तुका ८ जना र रुपन्देहीका ९ जना छन्। यसअघि वीरगन्जस्थित छप्कैयाकै एकै परिवारका १७ जना व्यक्तिमा संक्रमण देखिएपछि ६ सय बढी व्यक्तिको स्वाब परीक्षण गर्न पठाइएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा छपकैयाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। मेयर सरावगीले संक्रमितहरूको खोजी कार्य सुरू भएको र उनीहरूलाई सिदार्थ माध्यामिक विद्यालयमा रहेको आइसोलेसनमा राखिने बताए।

आज थपिएका ५७ जना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। ३३ जना निको भएका छन्। जसमा तीन जना पुनःसंक्रमण देखिएर अस्पतालमा उपचाररत छन्। अहिले बीरगंज बासी त्रसित भएका छन l बीरगंजमा अहिलको अवस्था आक्रांत देखिएको मानिसहरू धेरै डरेका छन l आज देखि पुन सबै खालको कड़ाई हुने देखिएको छ ,अहिले बाट नै प्रहरीले कड़ाई गर्न थालेको छ l

अन्तिम अपडेट:२०७७/ बैशाख ३० मंगलबार 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?