पर्सा ३० बैशाख –पर्सामा आज मात्र पुष्टि भएको ३९ कोरोना भाइरसको संक्रमित मध्ये चार जना पत्रकारहरुलाई समेत कोरोनाको संक्रमण लागेको जनाइएको छ l
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन l चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको पक्का रहेको उनले बताएका छन । अन्यमा पनि देखिएको हुनसक्ने बस्नेतले अनुमान गरेका छन l