माइतीघरबाट रञ्जु दर्शना पक्राउ

५ years अगाडी teraibulletin

माइतीघरबाट रञ्जु दर्शना पक्राउ

काठमाडौं ।भारतले नेपाली भूमि लिपुलेक हुँदै तीब्बतको मानसरोबर पुग्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि मुलुकभर लकडाउनका बीच पनि विभिन्न विरोध प्रदर्शनहरु भइरहेका छन् ।
यसैबीच मंगलबार विरोध प्रदर्शन गर्ने क्रममा विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनालगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेतृ दर्शनाको नेतृत्वमा लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए ।

अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लवमा ल्याएर राखिएको जानकारी गराइएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?